काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा खसेको पहिरो पन्छाएपछि सवारीसाधनहरू सञ्चालनमा आएका छन् । शनिबार दिउँसो १ बजे पहिरो खसेपछि सडक दुबैतर्फ अवरुद्ध बनेका थिए ।

प्रहरीका अनुसार फिस्लिङनजिकै ढुंगासहितको पहिरो खसेको हो । काठमाडौं आउने र यहाँबाट जाने यात्रु पहिरोले राजमार्ग बन्द भएपछि अलपत्र परेका थिए । सडक खुलेसँगै यात्रुहरू गन्तव्यतर्फ लागेका छन् ।











