Logo
Logo

निजी हेलिकप्टर तयारी अवस्थामा राख्न गृहको निर्देशन


567
Shares

काठमाडौं । गृह मन्त्रालयले वायु सेवा सञ्चालक सङ्घलाई निजी हेलिकप्टरहरूलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राख्न अनुरोध गर्दै पत्राचार गरेको छ ।

The current image has no alternative text. The file name is: air-.jpg

मन्त्रालयले शनिवार वायु सेवा सञ्चालकहरूलाई पत्राचार गर्दै मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा परिचालन हुने गरी निजी हेलिकप्टरलाई तत्काल प्रयोगको लागि तयारी अवस्थामा राख्न अनुरोध हो ।

भारी तथा अति भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो तथा डुबानबाट प्रभावितहरूको खोज तथा उद्धार, राहत, स्थानान्तरण र पुनर्स्थापना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सङ्घबिच भएको सम्झौतालाई गृहले स्मरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्