काठमाडौँ । पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी सडकखण्डको डम्पिङ साइडनजिकै सडक भासिएको छ। मर्मत सकिन लागेको सडक भासिएको हो।

यसअघि पनि सडक भासिएको थियो। भासिएको सडक मर्मत गरिनसक्दै लगातारको झरीपछि आज शनिबार फेरि भासिएको छ। पहिरो भासिएसँगै यहाँनिर सवारी एकतर्फी सञ्चालन भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ।











