Logo
Logo

काठमाडौंका बाढी पीडितलाई विद्यालयहरुमा सारियो, ७० वटा आश्रयस्थलको व्यवस्था


1.3k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका ७० वटा विद्यालयमा बाढी पीडितका लागि बस्ने व्यवस्था मिलाएको जनाएको छ । हालसम्म महानगरपालिकाभित्रका ५ वटा विद्यालयमा बाढीको जोखिम रहेका बस्तीका मानिसहरू बसिरहेका छन् ।

अविरल वर्षाका कारण शनिबार जल सतह बढेपछि काठमाडौँको बल्खु पुलबाट देखिएको बागमती नदीको दृश्य ।

महानगरपालिकाको शिक्षा विभागले महानगरभित्रका ७० वटा विद्यालयमा तत्कालका लागि आश्रयस्थल (सेल्टर) व्यवस्था गर्न सकिने जनाएको छ । उनीहरूका लागि खाने र बस्ने व्यवस्था महानगरपालिकाले गरिरहेको छ ।

महानगरका मेयर बालेन्द्र शाहका अनुसार विश्व निकेतन, त्रिपुरेश्वरमा ७० जना बसिरहेका छन् । यस्तै, गुह्येश्वरीमा ५२ जना, जन विकास, कुलेश्वरमा ५२ परिवार (२५१ जना) बसिरहेका छन् । यसैगरी महेन्द्र सरस्वती आधारभूत विद्यालय, टेकुमा २० जना बसिरहेका छन् ।

खोलाले कटान गरेका स्थानहरूमा काठमाडौँ महानगर प्रहरी बलले बोरामा माटो र गिट्टी राखेर नदी कटान रोक्ने कार्य तीव्र गतिमा गरिरहेको छ ।

कुनै आपतकालीन समस्या परेमा हेल्पलाइन नम्बरहरू १६६००१०५५११, ०१५९०१७६४ र ०१५९०१७६३ मा सम्पर्क गर्न मेयर शाहले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्