Logo
Logo

मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम जाँदै


1.4k
Shares

काठमाडौं । पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज उर्जा तथा यातायात मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याल इलाम जाने भएका छन् । मौसम अनुकूल भएमा मन्त्रीद्वय घिसिङ र अर्याल इलाम जाने भएका हुन् ।

काठमाडौंबाट झापाको भद्रपुरसम्म नियमित उडानको हवाईजहाजमा र भद्रपुरबाट इलाममा हेलिकप्टरबाट जाने तयारी छ ।
असोज १८ गतेको भिषण वर्षाले इलाममा ३७ जनाको मृत्यु भइसकेको छ । सयौं घाइते र बेपत्ता छन् । राजमार्ग, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनाहरु भत्किएर क्षतविक्षत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्