
एजेन्सी । अफगानिस्तान सेनाले डुरान्ड रेखानजिकै धेरै पाकिस्तानी सीमा चौकीहरूमा आक्रमण गर्दा १२ सैनिक मारिएका छन् ।
पाकिस्तानले तीन दिनअघि अफगानिस्तानमा गरेको हवाई आक्रमणको बदलास्वरूप उक्त कारबाही गरिएको तालिबानले जनाएको छ । अफगानिस्तानमा तालिबान सरकार छ ।
शनिबार भएको गाेलाबारीमा १२ पाकिस्तानी सैनिक मारिएकाे अफगान मिडिया आउटलेट टोलो न्युजले उल्लेख गरेकाे छ। तालिबान लडाकुहरूले दुई पाकिस्तानी सेनाको चौकी कब्जा गर्दै डुरान्ड रेखापारि कुनार र हेलमन्ड प्रान्तमा रहेका पाकिस्तानी चौकी पनि ध्वस्त पारेका छन् ।
अफगान रक्षा मन्त्रालयले भनेको छ, ‘हाम्रो कारबाही मध्यरातमा समाप्त भयो । यदि पाकिस्तानले फेरि अफगान सीमा उल्लंघन गर्छ भने हाम्रो सेना देशको रक्षा गर्न पूर्ण रूपमा तयार छ ।’
पाकिस्तानी गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै अफगानिस्तानले भारतले जस्तै उचित जवाफ पाउने चेतावनी दिएको छ ।











