Logo
Logo

नेकपा एसको सचिवालय बैठक बस्दै, पार्टी एकताबारे छलफल हुने


1.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज (आइतबार) पनि बस्दैछ । शुक्रबार सुरु भएको बैठकको निरन्तरतास्वरुप आज पनि बैठक बस्न लागेको हो ।

पार्टी एकता, निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक ११ बजेपछि बस्ने उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।
पहिलो दिनको बैठकमा केही नेताहरूले पछिल्लो राजनीतिक अवस्थाको रिपोर्टिङ मात्र गरेका थिए । आज ती विषयहरूमा छलफल गरेर निर्णयमा पुग्ने तयारी रहेको उनले बताए ।

बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक परिस्थितिको अलावा निर्वाचनको कार्ययोजना, पार्टी एकतासम्बन्धी रिपोर्टिङ र सङ्गठनात्मक सवालमा छलफल हुनेछ । सङ्गठनात्मक सवालमा केन्द्रीय कमिटीको बैठक र एजेन्डाका विषयमा पनि निर्णय गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्