Logo
Logo

राप्रपामा विवाद : धवलशम्शेरले बोलाए असन्तुष्ट पक्षको बैठक


756
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणाले असन्तुष्ट पक्षको बैठक बोलाएका छन् । राणाले सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आज दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा मुख्य गरी चार एजेन्डामा छलफल हुनेछ । नियमित महाधिवशेनका लागि दबाब बढाउने र नियमित हुन नसके विशेष महाधिवेशन गर्न दबाब बढाउन असन्तुष्ट पक्षको बैठक बोलाइएको हो ।

राप्रपाको नियमित महाधिवेशन आउँदो मंसिरमा गरिसक्नुपर्नेछ । असन्तुष्ट पक्षको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका नेताहरूको पुनर्बहालीको विषयमा पनि छलफल हुनेछ ।

अध्यक्ष लिङ्देनले अनुशासन समितिको संयोजक रहेका नवराज सुवेदी, उपाध्यक्ष मुकुन्दश्याम गिरी, प्रवक्ता सगुन लावती, केन्द्रीय नेता धनसुर शाही लगायतलाई पदमुक्त गरेका थिए । पदमुक्त गरेको विषयले पार्टी दुई कित्तामा उभिएको छ । उक्त प्रकरण निर्वाचन आयोग समेत पुगेको छ ।

राणाले बोलाएको बैठकमा केन्द्रीय समिति बैठक आह्वान गर्न अध्यक्ष लिङदेनलाई दबाब दिने उद्देश्य समेत रहेको असन्तुष्ट पक्षले जनाएको छ । तीन–तीन महिनामा बोलाउनुपर्ने केन्द्रीय समितिको बैठक माघदेखि बस्न सकेको छैन ।

यस्तै, गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि पार्टी मुकदर्शक भएको विषय पनि बैठकको एजेन्डाका रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्