
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । भक्तपुरस्थित अध्यक्ष केपी ओलीको निवास गुन्डुमा एमालेको केन्द्रीय सचिवायलको बैठक केहिबेरअघि सुरु भएको हो ।
केन्द्रीय कमिटीको एजेन्डा तय गर्न शुक्रबारदेखि सुरु भएको बैठक रुघाखोकीका कारण ओली अस्वस्थ भएपछि शनिबारको बैठक स्थगित भएको थियो ।
बैठकको पहिलो दिन ९ जना पदाधिकारीले आफ्नो धारणा राखेका थिए । त्यसमध्ये ६ जनाले ओलीलाई नेतृत्व छोड्न आग्रह गरेका छन् । आजको बैठकमा शुक्रबार बोल्न बाँकी रहेका पदाधिकारीहरूले आ–आफ्नो धारणा राख्ने छन् ।











