
काठमाडौं । धनकुटाको साँगुरीगढी गाउपालिका–९ स्थित पाँचगोलाइमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
धनकुटाबाट तरकारी लिएर धरान जाँदै गरेको प्र–३–०१–००३ क ६९०६ नम्बरको मिनि ट्रक आज बिहान करिब २ बजे गुडीरहेको गाडी अनियन्त्रित भइ सडकबाट तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा परि मृत्यु हुनेमा सह–चालक उदयपुरको उदयपुरगढी गाउँपालिका–९ स्थित कुर्कुनटार बस्ने २६ वर्षीय नारायण खड्का रहेका छन् ।
यस्तै, चालक उदयपुरको रानिटार घर भएका अन्दाजी १९ वर्षीय दिनेश क्षेत्री गम्भीर घाइते भएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिए । चालक क्षेत्रीलको जिल्ला अस्पताल धनकुटामा उपचार भइ रहेको छ ।
शवलाई पोस्टमार्टमाका लागि जिल्ला अस्पताल धनकुटाको सव गृहमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











