
काठमाडौं । रौतहटको गौर नगरपालिकामा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ ।
गौर–१ मा रहेको सीमा क्षेत्र नजिक घाँस लिन जाँदै गरेका राजदेवी नगरपालिका–८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको हो ।
सात जनाको समूहमा गौरतर्फ घाँस लिन जाँदै गर्दा बाढीको पानीमा डुबेर उनीहरुको मृत्यु प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार डुबेका मध्ये ४ जनाको स्थानीयले उद्धार गरेका थिए भने तीन जनाको शव निकालिएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।














