
एजेन्सी । हमासले इजरायली सात बन्धकलाई रिहा गरेको छ । इजरायल प्रतिरक्षा फौज (आईडीएफ) ले रेडक्रसले केही बेरअघि गाजा सहरमा हमासबाट सात बन्धक लिएको जानकारी दिएको बताएको छ ।
ती सात जनामा माटन आङ्ग्रेस्ट, उनका भाइहरू गाली र जिभ बर्मन, एलोन ओहेल, इटान मोर, ओम्री मिरान र गाय गिल्बोआ–दलाल छन्।
रेडक्रसले बन्धकहरूलाई गाजाभित्र रहेका आईडीएफ सेनाकहाँ पु¥याउँछ र त्यसपछि उनीहरूलाई स्ट्रिपबाट बाहिर रेइम नजिकैको सैन्य सुविधामा लगिनेछ ।
जहाँ उनीहरूको प्रारम्भिक शारीरिक र मानसिक जाँच गरिनेछ । त्यसपछि उनीहरूका परिवारसँग भेट गराइने द टाइम्स अफ इजरायलले जनाएको छ ।
यसअघि हमासले आज रिहा गरिने २० जीवित बन्धकको सूची सार्वजनिक गरेको थियो । दुःखको कुरा त्यसमा नेपाली विपिन जोशी छैनन् । इजरायजी सेनाले जोशीका परिवारलाई उनी जीवित नरहनेको औपचारिक जानकारी गराएको छ ।











