Logo
Logo

गौरीघाटमा एक महिलाको हत्या, श्रीमान पक्राउ


1.2k
Shares

काठमाडौं । काठमाडौंको गौरीघाटमा एक महिलाको हत्या भएको छ । आइतबार दिउँसो गौरीघाटस्थित मिलनचोक बस्ने ४० वर्षीया बिमला तामाङको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

बिमला कोठामा मृत फेला परेपछि प्रहरीले उनका श्रीमान् संखुवासभा खाँदबारी नगरपालिका–६ का ३५ वर्षीय छिरिङ भन्ने तेन्जिङ शेर्पालाई नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरू दुई जनाबीच विवाद भएको र त्यसक्रममा झगडा हुँदा तेन्जिङले बिमलामाथि कुटपिट र ढुंगा समेत प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्