Logo
Logo

नेपाल सुन्दर भए पनि त्यत्तिकै जोखिमपूर्ण छ : गृहमन्त्री अर्याल


441
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भौगोलिक रूपमा नेपाल सुन्दर भए पनि त्यत्तिकै जोखिमपूर्ण रहेको धारणा राखेका हुन् ।

The current image has no alternative text. The file name is: omprakesh-aryal.gif

अर्यालले नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, सुख्खा लगायतका प्राकृतिक तथा मानवसिर्जित विपद्हरूको उच्च जोखिममा रहेको बताए । उनले २०७२ सालको भूकम्प र त्यसपछिको बाढीपहिरोले विपद् पूर्वतयारी र जोखिम न्यूनीकरणको महत्त्वलाई गम्भीर रूपमा बोध गराएको बताए ।

‘हामीले विपद्लाई प्राकृतिक मात्र नभई सामाजिक, संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नु आवश्यक छ,’ उनले भने ।

उनले संविधान, राष्ट्रिय नीति तथा कानुनहरूले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यहरू सबैको समन्वय, सहकार्य र सहभागितामा सम्पादन हुने व्यवस्था गरेको छ । केन्द्रदेखि स्थानीय तहसम्म विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विभिन्न संयन्त्रहरू क्रियाशील रहेको उनले जानकारी दिए ।

उनले बाढी तथा डुबानजस्ता जोखिमहरूको पूर्व जानकारीका लागि ‘अर्ली वार्निङ सिस्टम’ को विस्तार गरिएको पनि बताए ।

उनले विपद् जोखिम न्यूनीकरण सरकारको मात्र नभएर सम्पूर्ण राष्ट्रको साझा जिम्मेवारी भएको बताए । नीति निर्माणदेखि कार्यान्वयनसम्म, जनसाधारणदेखि प्राविधिक विज्ञसम्म सबैको समन्वय र सहकार्यविना दिगो समाधान सम्भव नभएको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्