Logo
Logo

अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी


504
Shares

काठमाडौं । सोमबार अकबरे खुर्सानीमा विषादीको मात्रा अत्यधिक भेटिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांक अनुसार बिहीबार तरकारीमा विषादी जाँच गर्ने क्रममा अकबरे खुर्सानीमा विषादीको मात्रा अत्यधिक भेटिएको हो ।

नमूना परीक्षण गर्दा मकवानपुरका एक किसानको बारीबाट ल्याएको अकबरे खुर्सानीमा विषादीको मात्रा (रोकावट प्रतिशत) ५४.०७ प्रतिशत भेटिएको छ ।

जाँच गर्दा रोकावट प्रतिशत ४५ भन्दा माथि आए उक्त वस्तु उपभोग गर्न अयोग्य मानिन्छ। केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत १२ वटा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला छन् ।

यी प्रयोगशालाले देशभर रहेका कृषि विभाग मातहतका १२ वटा कृषि थोक बजारमा विषादीको जाँच गर्छन्। हामी कहाँ कार्बामेट र अर्गानोफस्फेट गरी रसायनका दुई समूह जाँच हुँदै आएको छ ।

विषादी परीक्षण भएपछि त्यसको नतिजा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई दिइने छ। त्यसरी उपभोग गर्न अयोग्य देखिएपछि समितिले त्यसलाई नष्ट गर्छ।

यसअघि पनि रायो साग, काँक्रा, घिरौंला, हरियो फर्सी, स्थानीय काउली, ब्रोकाउली, तिते करेला, तनेबोडी र हरियो धनियाँ लगायतका तरकारीमा विषादीको मात्रा अत्यधिक भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्