Logo
Logo

कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा सङ्कलित हस्ताक्षर दर्ता गर्ने तयारी


819
Shares

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै सङ्कलित हस्ताक्षर भोलि केन्द्रीय समितिको बैठकअघि केन्द्रीय कार्यालयमा दर्ता गर्ने तयारी भएको छ ।

The current image has no alternative text. The file name is: congress-1.gif

सभापति शेरबहादुर देउवालाई हटाउने उद्देश्यले महामन्त्री गगन थापा र डा। शेखर कोइराला निकट नेताहरूले हस्ताक्षर सङ्कलन गरेका हुन् । आज केन्द्रीय कार्यालयमा उपसभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउने योजना भए पनि केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएकाले रोकिएको छ । 

कार्यसम्पादन समितिको बैठक नबस्ने भएपछि भोलि नै हस्ताक्षर बुझाइने भएको छ । 

प्रतिक्रिया दिनुहोस्