Logo
Logo

बारा र सर्लाहीमा सशस्त्रको मनमौजी


3.2k
Shares

काठमाडौं । जेनजीको बिद्रोह भ्रष्टाचार र बेथितिबिरुद्ध भए पनि सर्लाही प्रहरीलाई भने यो विषय सामान्य लागेको छ । नेपालमा हुने बेथिति र भ्रष्टाचारमध्ये भारत र चीनबाट भन्सार छली चोरी तस्करीका सामान ल्याउने कारण यो भए पनि सर्लाही प्रहरीले यसलाई सामान्य नै ठानेको छ । सर्लाही प्रहरीका कारण अहिले करोडौको राजस्व गुमाउनुपरेको छ ।

सर्लाहीको नारायणपुर नाकाबाट दशैंको अष्टमी, नवमी र दशमीका दिन ठूलै परिमाणमा चिनियाँ स्याउ, नास्पाती र आँप भारततर्फ तस्करी भएको छ । स्रोतका अनुसार सशस्त्रको १० नम्बर गणका गणपति देवबहादुर चन्दसँगै सेटिङ मिलाएर हरिऔनका सन्तोष साहले दशैंको मौका छोपेर ३५ गाडी चिनियाँ स्याउ, नास्पाती र आँप भारततर्फ तस्करी गरेका थिए ।

दशँैअगाडि सर्लाहीको सुकनाहास्थित उमेश साहको गोदाममा भण्डार गरी महाअष्टमीदेखि दशमीसम्म ती स्याउ, नास्पाती र आँप नारायणपुर नाकाबाट भारततर्फ तस्करी गरी पठाइएको थियो ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बाराले शुक्रबार मात्रै मोटरसाइकलसहित पटका बरामद गर्ने क्रममा करोडौको तस्करीको सामान बोकेको गाडीलाई छाडेको छ । साथै सशस्त्र प्रहरी बल नं १२ गण बाराका प्रमुखकै निर्देशनमा छाडिएको स्रोतको दावी छ । बाराको पचगछिया नाकाबाट व्यापक तस्करी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्