Logo
Logo

योजना आयोग र सुरक्षापरिषद्सँग प्रधानमन्त्री कार्कीको छलफल


567
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले योजना आयोग, पर्यटन मन्त्रालय र सुरक्षापरिषद्सँग छलफल गरेकी छिन् । सोमवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्कीले छलफल गरेकी हुन् ।

योजना आयोगसँग मध्याह्न साढे १२ बजे, पर्यटन मन्त्रालयसँग १ बजे र २ बजे सुरक्षापरिषद्सँग छलफल गरेकी हुन् । उनले योजना आयोगसँगको छलफलमा राष्ट्रिय आयोजनाहरूका अवस्थाबारे जानकारी लिइन् । 

प्रतिक्रिया दिनुहोस्