Logo
Logo

विपिन जोशीको अवस्था अज्ञात छ : परराष्ट्र मन्त्रालय


1k
Shares

काठमाडौं । परराष्ट्र मन्त्रालयले हमासले कब्जामा लिएका नेपालका विपिन जोशीको अवस्था अज्ञात रहेको जनाएको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले आज रिहा हुनेको सूचीमा विपिनको नाम रहने अपेक्षा गरिएको भए पनि इजरायली सेनाले रिहा हुने बन्दीहरूमा विपिनको नाम समावेश नभएको र उनको अवस्था अज्ञात रहेको जानकारी दिएको उल्लेख गरेको छ । 

‘आज बिहान इजरायलको स्थानीय समय अनुसार ७ः३० बजे इजरायली सेनाले इजरायलका लागि नेपाली राजदूत, निज विपिन जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी सहितको भर्चुअल बैठक आयोजना गरी आज रिहा हुने बन्दीहरूमा निज विपिन जोशीको नाम समावेश नभएको र उनको अवस्था अज्ञात रहेको जानकारी प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।  

हमासको कब्जामा रहेका सबै जिवित बन्दीहरुको रिहाइ र मृत बन्दीहरूको शव हस्तान्तरण प्रक्रिया पूरा नभएसम्म मन्त्रालयले यस विषयमा निरन्तर जानकारी दिने जनाएको छ । हमासले ७ अक्टोबर २०२३ आक्रमण गरेर विपिनलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्