Logo
Logo

आगामी निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमलाई मन्त्री खरेलको आग्रह


252
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमलाई सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् ।

सिंहदरबारमा सोमबार विभिन्न सञ्चारमाध्यमका सम्पादक र प्रतिनिधिसँगको छलफलका क्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सरकार पूर्ण तयारीमा रहेको बताए । उनले निर्वाचनप्रति राजनीतिक दलहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै सकारात्मक वातावरण निर्माणमा सञ्चारमाध्यमको सहयोग अपरिहार्य भएको बताए ।

मन्त्री खरेलका अनुसार व्यवस्थापकीय तयारीमा सरकारले कुनै कमी नराख्नेछ। उनले ‘जेनजी आन्दोलन’को आधारमा बनेको सरकारप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायको समर्थन रहेको पनि स्पष्ट पारे ।

छलफलमा सहभागीहरूले निर्वाचनमार्फत देशमा पद्धति र प्रणाली स्थापित गर्दै आर्थिक समृद्धिको दिशामा अघि बढ्नुपर्ने सुझाव दिए । साथै, राजनीतिक दलहरूसँग निरन्तर संवाद र सरकारी सूचना प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्