चितवन । चितवनस्थित जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीका लागि आजदेखि ११ घण्टा सेवा दिन थालेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आजदेखि बिहान ७ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सेवा सुरु गरिएको हो ।
आवश्यक उपकरणको अभावका कारण चापअनुसार सेवा दिन नसकेपछि ती सेवालाई बिहानदेखि सुरु गरेको उनले बताए । राष्ट्रिय परिचयपत्र र राहदानी विभागले आवश्यक उपकरण नपठाउँदा दक्ष जनशक्ति हुँदा हुँदै पनि सेवा दिन कठिन भएको उहाँले बताए ।














