काठमाडौं । नेपाली विद्यार्थी विपिन जोशीको निधन भएको पुष्टि भएको छ। हमासले ७३८ दिनदेखि आफ्नो नियन्त्रणमा रहेका जोशीको शव इजरायललाई बुझाउने भएको हो ।

इजरायलको अखबार (जेरुसेलम पोस्ट)ले यसअघि अज्ञात रहेका भनिएका जोशीको निधन भएको र शव आजै बुझाउने तयारी भएको उल्लेख गरेको हो । हमासले विपिनसँगै बगाय इलुज, योसी शाराबी र ड्यानियल पेरेजको शव बुझाउन लागेको समाचारमा उल्लेख छ । इजरायलसँग युद्धबिराम भएसँगै हमासले सोमबार आफ्नो नियन्त्रणमा रहेका २० जीवित बन्धक पनि बुझाएको थियो ।














