
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदै छ । बैठक दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा सुरु हुने भएको हो ।
बैठकमा पेस गर्ने एजेन्डा भने हालसम्म तय भएको छैन । त्यसका लागि आजै बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्ने बताइएको छ ।
शीर्ष नेताहरूबिच लगातार छलफल हुँदै आए पनि केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेन्डाका विषयमा सहमति जुट्न सकिरहेको छैन । एजेन्डामै सहमति नजुटेको कारण यसअघि आइतबारदेखि बस्ने भनिएको केन्द्रीय समिति बैठक आजको लागि सारिएको थियो ।
नियमित महाधिवेशन मङ्सिरभित्रै हुनुपर्ने र हुन नसक्ने फरक फरक धारणाका कारण कुरा मिल्न नसकेको नेताहरूले बताइरहेका छन् ।










