Logo
Logo

आज विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री


504
Shares

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदैछन् । आज दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।

गत शुक्रबार मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभालाई एक पत्र लेख्दै विश्वासको मत लिने प्रयोजनका लागि वातावरण मिलाइदिन भन्दै पत्र पठाएका थिए । सोही अनुसार आज असोज २८ गते प्रदेश सभा बैठक बोलाइएको मधेश प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन चर्किएको समयमा सिंहले फेसबुकमार्फत मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका थिए । तर अन्तरिम सरकार गठनपछि उनले एकाएक कुरा फेरेका थिए ।

बोली फेरेपछि आफ्नै दल जनमतले गत ३१ भदौमा मधेश प्रदेश सभामा सभामुखलाई सम्बोधन गरेर मुख्यमन्त्री तथा मन्त्रीसहित सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाएको थियो । समर्थन फिर्ता लिएको ३० दिनभित्र सरकार प्रमुखले संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्