
काठमाडौं । बाढीपहिरोले आज कोशी राजमार्गका दुई स्थानमा सडक पूर्णरुपमा अवरुद्ध छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार संखुवासभाको भेटखोला गाउँपालिका– ४ वरुण र मकालु गाउँपालिका– ३ एकुवामा राजमार्ग बन्द भएको हो ।
त्यस्तै मेची राजमार्गको इलाम नगरपालिका ९ स्थित राजदुवालीलगायतका स्थानहरूमा वैकल्पिक मार्गबाट साना सवारी मात्र आवागमन हुनसक्ने छ ।
काभ्रेपलान्चोकको रोशीमा पनि पहिरोका कारण हाल बिपी राजमार्ग एकतर्फी सुचारु रहेको प्रहरीले जनाएको छ ।














