Logo
Logo

जेनजी आन्दोलपछि पहिलोपटकको सार्वजनिक भएका देउवाले के भने ?


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका छन् । उनी पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा पुगेर पहिलोपटक सार्वजनिक भएका हुन् । सो क्रममा देउवाले केन्द्रीय समिति बैठकमा सम्बोधन पनि गरेका छन् ।

The current image has no alternative text. The file name is: deuwa-1.gif

सम्बोधनका क्रममा उनले गत २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे । 

सभापति देउवाले फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेपनि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा बन्न नसकेको उल्लेख गर्दै सबै दललाई निर्वाचनमा सहभागी गराउने गरी आवश्यक वातावरण सरकारले बनाउनुपर्ने बताए । 

देउवाले भने, ‘सरकारले फागुन २१ मा निर्वाचनको मिति घोषणा गरेको छ । तर स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन । निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सके मात्र निर्वाचनमा सबै सहभागी हुने अवस्था  बन्छ । त्यसतर्फ सरकारको ध्यान जाओस् ।’

प्रतिक्रिया दिनुहोस्