Logo
Logo

देउवाले सुनाए भदौ २४ को त्रासदीपूर्ण घटनाक्रम


2.1k
Shares

काठमाडौं । ‘जेनजी’ आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भदौ २४ गते आफूले भोगेको भयावह घटनाक्रम सुनाएका छन् ।

आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा देउवाले आन्दोलनको दिन आफ्नै घरमा भएको आक्रमणको विवरण प्रस्तुत गरेका हुन् । उनका अनुसार सुरक्षाकर्मीको घण्टौँको अथक प्रयासपछि मात्रै उनीहरू उद्धार भएका थिए ।

देउवाले भने, “गत भदौ २४ गते सिंगो मुलुक जलेको बेला म र मेरा परिवारमाथि पनि ज्यानै लिने मनसायका साथ सांघातिक हमला भयो । घरमा तोडफोड, लुटपाट र आगजनी गरियो । सुरक्षाकर्मीको निरन्तर प्रयासपछि मात्र हामी उद्धार भयौँ ।”

उनले थपे, “तपाईंहरूको माया, प्रार्थना र शुभकामनाका कारण उपचारपछि फेरि यो बैठकमा उपस्थित भएर सञ्चालन गर्न पाएको छु । मेरो राजनीतिक यात्राका कठिन क्षणहरूले सधैँ देखाउँछन्—राष्ट्र, जनता र पद्धतिका पक्षमा अडिने हो भने यस्ता चुनौतीहरू जुनसुकै बेला पनि आउन सक्छन् । तर, सामना गर्ने साहस राख्नुपर्छ भन्ने मेरो विश्वास हो ।”

उनले भदौ २४ गतेको घटनालाई व्यक्तिगत आक्रमणभन्दा पनि राष्ट्र, पद्धति र पार्टीमाथिको योजनाबद्ध आक्रमणको रूपमा व्याख्या गरे । देउवाले भने, “हामीलाई आक्रमणकारीको कब्जाबाट बचाउन जोखिम मोलेका सुरक्षाकर्मी र शुभेच्छुकहरूलाई म हृदयदेखि धन्यवाद ज्ञापन गर्दछु । यो घटना म जीवनभर सम्झिरहनेछु ।”

उनले आफू र परिवारमाथि भएको आक्रमणपछि विभिन्न माध्यमबाट आफ्नो प्रतिष्ठा र छवि गिराउने उद्देश्यले झुटा प्रचार फैलाइएको दाबी पनि गरे । हाल लोकतन्त्र र लोकतान्त्रिक शासन प्रणाली गम्भीर संकटमा परेको उल्लेख गर्दै उनले पार्टीभित्र एकता र सुदृढताको आवश्यकता औंल्याए ।

त्यसक्रममा देउवाले पार्टीको विधानअनुसार तोकिएको समयमा १५औँ महाधिवेशन सम्पन्न गर्न केन्द्रीय समितिले गम्भीर छलफल गरी निर्णय लिने बताए ।

स्वास्थ्यका कारण उनले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । देउवाले भने, “मेरो स्वास्थ्य अवस्थाका कारण पार्टीको उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको रूपमा तोकेको छु । उहाँले पार्टीको बृहत्तर हितमा जिम्मेवारीपूर्वक काम गर्नुहुनेछ भन्ने विश्वास छ ।”

देउवाले भाद्र २३ र २४ गतेको घटनामा परी ज्यान गुमाउने सबैमा श्रद्धाञ्जली दिएका छन् र घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । भाद्र २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भएको र

प्रतिक्रिया दिनुहोस्