Logo
Logo

विपिनको डीएनए परीक्षण : दुई वर्ष अघि नै हत्या भएको पुष्टि


2.1k
Shares

काठमाडौं । इजरायलस्थित दूतावास स्रोतका अनुसार, हमासले हस्तान्तरण गरेको शवको डीएनए परीक्षणपछि कञ्चनपुरका विपिन जोशीको सन् २०२३ को अन्त्यतिर नै हत्या भएको पुष्टि भएको छ ।

उनको मृत्यु प्राकृतिक नभई हत्या भएको रिपोर्टमा उल्लेख छ।

विपिनको शव अन्तर्राष्ट्रिय रेडक्रस आईसीआरसी मार्फत इजरायली सैनिक अस्पतालमा परीक्षण गरिएको हो । औपचारिक जानकारी अझै दूतावास वा परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छैन ।

अध्ययनका क्रममा इजरायल पुगेका जोशीलाई हमासले गत अक्टोबर ७, २०२३ मा किबुत्ज क्षेत्रमा आक्रमणपछि बन्धक बनाएको थियो। दुई वर्षपछि उनको मृत्युको पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्