Logo
Logo

कांग्रेसको महाधिवेशन विधानअनुसार हुन्छ : प्रकाशशरण महत


630
Shares

काठमाडौं । नेपाली कांग्रेसले पार्टीलाई एकताबद्ध गर्दै विधि अनुसार नै महाधिवेशन आयोजना हुने जनाएको छ । मङ्गलवार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्य समिति बैठकपछि कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले विधानको व्यवस्थालाई मध्यनजर राखेर पार्टी एकतालाई बलियो बनाउँदै महाधिवेशन गर्न सभापतिले दिएको निर्देशन अनुसार केन्द्रीय समितिले महाधिवेशनको कार्यतालिका बनाउने बताएका हुन् ।

The current image has no alternative text. The file name is: prakas-saran-mahat.jpg

कुनै पनि माध्यमबाट अर्को नेतृत्व आउनुपर्छ भन्नेमा ज्यादा ध्यान जाँदा पार्टीलाई एकताबद्ध गरेर लाने कुरामा पनि समस्या ल्याएको उनले बताए । प्रवक्ता महतले अहिलेको अवस्थामा पार्टीको एकता सबै भन्दा बढी महत्त्वपूर्ण कुरा रहेको उल्लेख गरे । पार्टी सभापतिले कार्यवाहक तोकेर अबको महाधिवेशनमा सभापति नउठ्ने घोषणा गर्दा पनि नेतृत्वको बहस हुनु उचित नभएको उनको भनाइ रहेको छ ।

महतले पार्टीको भातृ संस्थामा लामो समयदेखि देखिएको समस्यालाई केन्द्रीय समितिले समाधान गर्ने विश्वास व्यक्त गरे । उनले निर्वाचनका बारेमा अन्यौल र अस्थिरता बढ्दै गए निर्वाचन हुन नसक्ने भएकाले संसद् पुनर्स्थापनाको बाटोलाई बन्द नगरेको जिकिर गरे । महतले वर्तमान सरकार निर्वाचनमा केन्द्रित हुनुभन्दा पनि प्रतिशोध साँध्न केन्द्रित भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्