Logo
Logo

तीन महिनापछि चितवन मिल्क उद्योग पुनः सञ्चालनमा


252
Shares

चितवन । दूधको अभावका कारण बन्द रहेको चितवन मिल्क उद्योग तीन महिनापछि पुनः सञ्चालनमा आएको छ ।

The current image has no alternative text. The file name is: Chitwan-Milk-scaled.jpg

डेरी र सहकारीहरूले दूध आपूर्ति गर्न थालेपछि उद्योगले फेरि प्रशोधन कार्य सुरु गरेको हो ।

उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार जेठको अन्त्यतिरदेखि बन्द रहेको उद्योग असोजको पहिलो सातादेखि क्रमशः सञ्चालनमा आएको हो । अहिले दैनिक करिब ८० हजारदेखि एक लाख लिटरसम्म दूध प्रशोधन भइरहेको छ ।

डेरी र सहकारीहरूले दूध नल्याएपछि उद्योगले आफैं दूध किनेर सञ्चालन गर्ने तयारी गरेको थियो। तर, त्यसबेला देशभर दूधको कमी भएकाले उद्योग सञ्चालन हुन सकेको थिएन। दसैँ बिदा बाहेक अहिले उद्योग नियमित रूपमा चलिरहेको पराजुलीले बताए।

किसानहरूबाट सङ्कलित दूध बिक्री नभएपछि डेरी र सहकारीहरूले दूध यहाँ ल्याएर धुलो दूध पाउडर मिल्क र नौनी बटर उत्पादन गर्न लगाउने गर्छन् । अहिले चितवनका साथै मकवानपुर, नवलपरासी र रुपन्देहीबाट पनि दूध आउने गरेको छ ।

गत वर्ष बिक्री नभएकाले डेरी र सहकारीहरूले यहाँ थन्काएका नौनी, घ्यू र पाउडर दूध लगिसकेका छन् । एक समय उद्योगका सबै कोठा ती उत्पादनले भरिएका थिए।

भरतपुर महानगर–१ ठिमुरामा अवस्थित यो उद्योग सन् २०६४ सालमा स्थापना भएको हो । भूकम्पपछि बन्द भएको उद्योगले २०७५ सालदेखि डेरी र सहकारीहरूको दूध शुल्क लिएर प्रशोधन गर्न थालेको हो । हाल उद्योगले प्रतिलिटर दूध प्रशोधन शुल्क रु ११३ र प्रति किलो नौनीको रु ५५ लिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्