Logo
Logo

चीनद्वारा नयाँ ‘शियान-३१’ उपग्रह सफल प्रक्षेपण


567
Shares

चीन । चीनले उत्तरपश्चिम चीनको जिउचुआन उपग्रह प्रक्षेपण केन्द्रबाट नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

The current image has no alternative text. The file name is: china.jpg

‘शियान-३१’ नामको परीक्षण उपग्रह अक्टोबर १३ गते सोमबार बेलुका ६ः०० बजे (बेइजिङ समय अनुसार( लङ मार्च-२डी  बोक्ने रकेटमार्फत प्रक्षेपण गरिएको थियो । उपग्रह निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश ग¥यो ।

शियान-३१ नामको उपग्रह चीनद्वारा परीक्षणका लागि प्रक्षेपण गरिएको एक प्राविधिक उपग्रह हो, जुन मुख्य रूपमा नयाँ अप्टिकल इमेजिङ प्रविधिहरूको परीक्षण र प्रमाणीकरण गर्न प्रयोग गरिनेछ । यो प्रक्षेपण लङ मार्च रकेट शृंखलाको ५९९औँ उडान मिशन हो ।

प्रतिक्रिया दिनुहोस्