Logo
Logo

केन्द्रीय कमिटीले भन्यो भने १ मिनेट पदमा बस्दिनँ : ओली


1.4k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीले भने एक मिनेट पनि अध्यक्ष पदमा नबस्ने बताएका छन् ।

पद छाड्नुपर्ने चौतर्फी आवाज उठिरेहका बेला आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले फेसबुकमा कसैले भन्दैमा नछाड्ने तर, केन्द्रीय कमिटीले भने एक मिनेटपनि पदमा नबस्ने बताएका हुन् ।

‘मैले हट्नु पर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन । केन्द्रीय कमिटी आदेश दिने ठाउँ हो, केन्दीय कमिटीले आदेश दिए एक मिनेट पनि पदमा बस्दिनँ,’ उनले भने ।

उनले कतिपयले आफूलाई बोकेर हिँड्न नसकेको भनेकोप्रति असन्तुष्टि जनाउँदै आफैँ हिँड्न सक्ने जवाफ दिए ।

प्रतिक्रिया दिनुहोस्