Logo
Logo

सिंह र साह जस्वपाको पक्षमा सनाखत गर्न जाँदा जनकपुरमा झडप


2.1k
Shares

जनकपुरधाम । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र जनमत पार्टीका पूर्व मन्त्री त्रिभुवन साह नयाँ जन स्वराज पार्टी जस्वपामा सनाखत गर्न निर्वाचन कार्यालय पुगेका बेला झडप भएको छ।

The current image has no alternative text. The file name is: jhadap.jpg

सिंह र साह जस्वपामा सनाखतका लागि जनकपुरस्थित निर्वाचन कार्यालय पुगेका बेला जनमत पार्टीका नेता–कार्यकर्ताले उनीहरूलाई रोक्ने प्रयास गर्दा तनातनी र सामान्य झडप भएको हो। जनमत कार्यकर्ताले सिंह सवार गाडीमा आक्रमण गर्न खोजे पनि सुरक्षाकर्मीले नियन्त्रणमा लिई क्षति हुनबाट बचाएका थिए।

मंगलबार मात्र जनमत पार्टीको असन्तुष्ट पक्षले फुट गरी जस्वपा गठन गरेको हो। नवगठित पार्टीको अध्यक्षमा दीपककुमार साह चयन भएका छन्। साहलाई जनमत पार्टीले गत साउन २२ गते पार्टी नीति विपरीत गतिविधि गरेको भन्दै निष्कासन गरेको थियो।

निर्वाचन आयोगले मंगलबार बसेको बैठकमार्फत जस्वपालाई दलको मान्यता दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्