Logo
Logo

मन्त्री घिसिङसँग नेपालका लागि जर्मनीका राजदूतको शिष्टाचार भेट


189
Shares

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जले सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।

The current image has no alternative text. The file name is: kulman-1.jpg

भेटमा राजदूत भोल्जले मन्त्री घिसिङलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै दुई देशबीचको आर्थिक सहकार्य र जर्मनीको सहायतामा सञ्चालित परियोजनाहरूमा छलफल गर्नुभएको थियो। प्रमुख विषयमा सौर्य ऊर्जा, लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन आयोजना र ऊर्जा रूपान्तरणका सम्भावित क्षेत्र समावेश थिए।

मन्त्री घिसिङले जर्मनीको सहयोगमा निर्माण भएका मध्यमर्स्याङ्दी र मस्र्याङ्दी जलविद्युत् आयोजना नेपालको ऊर्जा क्षेत्रमा जीवनरेखा भएको उल्लेख गर्दै सहायता बढाउन आग्रह गरे। उनले पोखरा–बुटवल–भरतपुर हरित त्रिकोण परियोजनामा विद्युत् खपत, विद्युतीय सवारीसाधन प्रवर्द्धन र घरायसी प्रयोगका लागि प्रसारण तथा वितरण सञ्जाल विस्तार र सुधारको काम तुरुन्त सुरु हुने जानकारी दिए।

साथै, जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक र सरकारी संरचनाको परीक्षण र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय विज्ञहरूको सहयोग उपलब्ध गराउन पनि उहाँले अनुरोध गरे।

भेटमा राजदूत भोल्जले आगामी दुई वर्षका लागि जर्मनीले उपलब्ध गराउने सहायता क्षेत्र पहिचान र पुनरावलोकनका लागि डिसेम्बरमा टोली नेपाल आउने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्