Logo
Logo

ओली नरहे एमालेसँग एकताको ढोका खुल्न सक्छ : प्रचण्ड


756
Shares

धादिङ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँगको सम्भावित एकता सम्बन्धमा संकेत दिएका छन्।

The current image has no alternative text. The file name is: prachanda-1.jpg

धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा प्रचण्डले युवा र पार्टी कार्यकर्तासँग संवाद गर्दै आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउने बताए। उनले भने, “अबको माओवादीको लाइन भनेको चुनाव हो।”

साथै, प्रचण्डले तिहारपछि समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी दिए। एमालेसँगको सम्भावित एकताबारे उनले स्पष्ट पार्दै भने, “केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन, तर ओली नरहेमा एकताको ढोका खुल्न सक्छ।”

प्रतिक्रिया दिनुहोस्