Logo
Logo

वीरगञ्ज फोहर पानी केन्द्रका कागजात अख्तियारको नियन्त्रणमा


315
Shares

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगर मातहतको फोहर पानी प्रशोधन केन्द्रको कागजात अनुसन्धानका लागि लगेको छ ।

The current image has no alternative text. The file name is: akhtiyar.gif

आयोगको टोलीले सहरी विकास मन्त्रालय र वीरगञ्ज महानगरको संयुक्त लगानीमा निर्माण गरिएको फोहर पानी प्रशोधन केन्द्रसँगसम्बन्धित उजुरी परेपछि आवश्यक कागजात अनुसन्धानका लागि लगेको हो ।

आयोगको कार्यालय हेटाँैडाका सूचना अधिकारी विमोचन घिमिरेले आयोगको टोलीले सम्बन्धित कागजात लगेको बताए। आयोगको टोलीले आवश्यक अनुसन्धानका लागि कागजात लगेको हो,’’ उनले भने । वीरगञ्ज महाननगर र सहरी विकास मन्त्रालयको संयुक्त लगानीमा करिब २७ करोड रुपैयाँमा यहाँ फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्