Logo
Logo

हमासले शव फिर्ता ढिलाइ गरेपछि इजरायलले गाजामा आपत्कालीन सहायता आधा घटायो


1.8k
Shares

एजेन्सी। हमासले कब्जामा रहेका थप चार मृत बन्धकका शव इजरायललाई हस्तान्तरण गरेको छ।

The current image has no alternative text. The file name is: Gaja-1.gif

तर शव फिर्ता गर्न ढिलाइ भएको भन्दै इजरायली सैन्य निकायले गाजामा आपत्कालीन सहायता आधा कटौती गर्ने निर्णय गरेको छ। शवहरू राष्ट्रिय फरेन्सिक मेडिसिन केन्द्रमा पठाइने तयारी भइरहेको छ, जहाँ तिनीहरूको पहिचान गरी परिवारलाई जानकारी दिइनेछ।

सम्झौताअनुसार बन्धकहरू ७२ घण्टाभित्र मुक्त गर्नुपर्ने थियो, तर मृतक शवहरू मात्र सीमित रूपमा फिर्ता भएका कारण परिवारमा निराशा व्याप्त छ। हमासले गाजामा विनाशका कारण शव खोज्न कठिनाइ भएको जनाएको छ।

यसैबीच युएन र अमेरिकी अधिकारीहरूलाई गाजामा सहायता कटौतीको विषयमा जानकारी दिइएको छ। इजरायली प्रधानमन्त्री नेतन्याहु बन्धक फिर्ता र शव हस्तान्तरण प्रक्रियालाई तीव्र बनाउन दबाब दिइरहनुभएको छ।

गाजा युद्धमा अहिलेसम्म करिब ६७ हजार ६ सय भन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ, जसमा अधिकांश महिला र बालबालिका छन्।

प्रतिक्रिया दिनुहोस्