काठमाडौं । आगामी वर्ष हुने टी–२० विश्वकपमा छनोट भएपछि नेपालका कप्तान रोहित कुमार पौडेलले सपनाको सुरुवात भएको बताएका छन्। छनोटपछि फेसबुकमा लेख्दै उनले भनेका छन्–यहाँ सपनाको अन्त्य भएको हैन, सुरुवात भएको छ ।

विश्वास र समर्थन गर्ने सबै नेपाली यो खुशीको पलको हकदार भएको उनको भनाई छ ।
एसिया तथा पूर्वी एसिया प्यासिफिकबाट भइरहेको छनोट खेलमा नेपाल र ओमान विश्वकप यात्रा सुनिश्चित गरेका हुन्। बुधबार भएको खेलमा यूइएईले सामोआलाई हराएसँगै २ खेल अघि नै नेपाल र ओमान छनोट भएका हुन्। बाँकी एक स्थानका लागि अब यूएई, कतार र जापानबिच प्रतिस्पर्धा हुनेछ।
यो पनि पढ्नुहोस्











