Logo
Logo

गोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित दुई जना पक्राउ


756
Shares

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको गोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका–३, गोकर्ण बस्नेत गाउँको एक घरबाट पेस्तोल र हतकडीसहित दुईजनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५, सूर्यकोट घर भई भक्तपुर बस्ने २७ वर्षीय राजन भुजेल र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– १ घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने २६ वर्षीय उत्तम भुजेल छन् ।

पक्राउ परेका दुवैजनालाई काठमाडौं जिल्ला अदालतबाट हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्