
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले प्रधानमन्त्री सुशीला कार्कीका नाममा नक्कली फेसबुक लगायत सामाजिक सञ्जाल खोल्नेमाथि अनुसन्धान थालेको छ ।
नक्कली आइडीहरू बनाइएको सूचना पाएपछि ब्युरोले अनुसन्धान थालेको हो । ब्युरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीका अनुसार अहिलेसम्म २६ वटा भन्दा बढी नक्कली आइडी बनेका छन् ।
नक्कली आइडीलाई बन्द गराउन विभिन्न कम्पनीलाई पत्राचार समेत गरिएको एसपी अवस्थीले बताए । उनका अनुसार ती नक्कली आइडीहरू बन्द हुने क्रममा रहेका छन् ।
यसअघि पनि प्रधानमन्त्री कार्कीका नक्कली आइडीहरू बनेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सूचना नै जानरी गरेरर सक्कली आइडीबारे जानकारी गराएको थियो ।














