
काठमाडौं । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका छन् ।
मंगलबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका सिंहले आज जनमत पार्टी पनि छाडेका हुन् । मुख्यमन्त्रीबाट बाहिरिएपछि उनले जनमत पार्टी फुटेर गठन भएको नयाँ दल ‘जनस्वराज’ रोजेका छन् । सिंहसहित जनमतका सांसद त्रिभुवन साहले बुधबार नै जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा गएर जनस्वराज पार्टी रोजेका हुन् ।
जनमतबाट मुख्यमन्त्री बनेका सिंहले राजीनामा दिएपछि लोसपाका नेता जितेन्द्र सोनल मधेशको मुख्यमन्त्री नियुक्त भइसेकेका छन् । उनीहरूले नयाँ दल रोजेपनि पनि आफ्नो समर्थन जितेन्द्र सोनललाई नै रहने बताएका छन् ।














