Logo
Logo

मधेश प्रदेशका सांसद सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


567
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

अख्तियारले सांसद सिंहसहित रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपुत, भिखारी राउत कुर्मी, भुपेन्द्र कुमार झा, मन्जु देवी पासवान, रामनाथ सहनी, स्वीकृती देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगेन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार सांसद सिंहले विद्यालय, मन्दिरसँग सम्बन्धित विभिन्न उपभोक्ता समितिहरूको खातामा जम्मा भएको कूल रकम रु. १ करोड ३६ लाख २७ हजार ४८१ मध्ये रु. ३८ लाख ५० हजार ३१९ (झन्डै २८.२५ प्रतिशत) रकम सिंहले घुसस्वरूप लिएर आफ्नो र श्रीमतीको संयुक्त खातामा राखेका थिए ।

सो रकमको केही हिस्सा उनले आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थको खातामा पनि जम्मा गराएको पाइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्