
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले शपथ लिएका छन् । बुधबार मुख्यमन्त्री नियुक्त भएका सोनलले आज प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
उनीसँगै कनिश पटेल र महेश यादवले विना विभागीय मन्त्रीको शपथ लिएका छन् । मुख्यमन्त्री सोनलले भोजपुरी भाषामा शपथ लिएका हुन् ।














