Logo
Logo

सरकारले निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउनेमा माओवादीको आशङ्का


504
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले सरकारले निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउने विषयमा आशङ्का व्यक्त गरेका छन् ।निर्वाचन आयोगले बिहीबार राजनीतिक दलहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले निर्वाचनको लागि उपयुक्त वातावरण निर्माण गर्न नसकेको उनको भनाइ छ । 

The current image has no alternative text. The file name is: dev-gurung.jpg

उनले सरकारले दलहरूलाई विश्वासमा लिन र निष्पक्ष निर्वाचनका लागि आवश्यक भूमिका निर्वाह नगरेको बताए । गुरुङले सरकारले राजनीतिक दलहरूप्रति प्रतिशोधपूर्ण व्यवहार गरेको, गिरफ्तारी र मुद्दा चलाउने जस्ता गतिविधि अघि बढाएको जिकिर गरे । उनले यस्ता कार्यले निर्वाचनको निष्पक्षतामाथि शङ्का उत्पन्न भएको बताए ।

‘निर्वाचन हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन गर्छ, तर सरकारले निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि भयमुक्त वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘तर अहिलेसम्म सरकारले त्यस्तो भूमिका निर्वाह गरेको देखिँदैन ।’

राष्ट्रपतिसँग हालै भएको संवादले केही आशा जगाए पनि सरकारले दलहरूलाई विश्वासमा लिन र शान्ति-सुरक्षा कायम गर्न ठोस कदम चाल्न आवश्यक रहेको गुरुङले बताए । अहिलेको प्रतिशोधपूर्ण कारबाहीले निष्पक्ष निर्वाचन हुनेमा गरुङले शङ्का व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्