Logo
Logo

सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन


189
Shares

काठमाडौं । सगरमाथाको पहिलो सफल आरोहण दलका  सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ ।

The current image has no alternative text. The file name is: sherpa.jpg

सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गरेका थिए । उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा आठ हजार मिटरमाथिसम्म  पुगेका थिए । उनले दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम गर्नुभयो । शेर्पा हालसम्म सो आरोहण दलको एकमात्र जीवित सदस्यका रूपमा  थिए । 

उनको आज काठमाडौं कपनस्थित निवासमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्