Logo
Logo

केही तत्त्वहरूले निर्वाचन भाँड्ने प्रयास गरिरहेको छ : गृहमन्त्री अर्याल


441
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्त्वहरूले निर्वाचन भाँड्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । जिल्ला समन्वय समिति भक्तपुरको कार्यालय अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचनको माहोल बिगार्ने प्रयास गर्नेहरूलाई सरकारले सम्झाउने र नमानेमा कडाइ गर्ने बताए ।

The current image has no alternative text. The file name is: omprakesh-aryal.gif

‘केही तत्त्वहरूले माहोल बिगार्ने प्रयास गरिरहेका छन्। हामी सकेसम्म सम्झाई बुझाइ गर्छौँ,’ गृहमन्त्री अर्यालले भने, ‘तर, यदि उनीहरूले अटेर गरेर भड्काउने काम गरे भने सरकारले आफ्नो तरिकाले कारबाही गर्छ। निर्वाचन तोकिएको मितिमै स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न हुन्छ।’

उनले वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि गठन भएको बताउँदै तोकिएको मितिमा निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरे । ‘निर्वाचनका लागि सबै सरोकारवालाहरू संवादमा आउनुपर्छ। सरकारले संवादलाई सहजीकरण गर्छ । राष्ट्रपतिज्यूले पनि संवाद सुरु गरिसक्नुभएको छ । हामीले पनि संवादका लागि आह्वान गरिरहेका छौँ । कसैले पनि माहोल बिगार्ने काम गर्नुहुँदैन,’उनले भने ।  प्रहरीलगायतका कर्मचारीको मनोबल बढाउन सरकारले काम गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्