Logo
Logo

५० किलो चाँदीसहित एक भारतीय पक्राउ


1k
Shares

काठमाडौं । ५० किलो चाँदीसहित ललितपुरबाट एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले ५० केजीभन्दा बढी चाँदीसहित ३१ वर्षीय अभिषेश शेखलाई पक्राउ गरेको हो । 

उनी विगत केही वर्षदेखि चाँदीका गरगहना कारोबार गर्ने गर्दथे । शेखले आफ्नो घर भारतको घोरसहन पूर्वी चम्पारण बताएका छन् । उनले भारतबाट अवैध रूपले नेपाल ल्याई विभिन्न किसिमका चाँदीका गरगहना बेचविखन गर्दै आई रहेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं। २१ दक्षिणकाली गण ललितपुरले नियन्त्रणमा लिएको हो ।

उनको साथबाट ५० केजी ७४ ग्राम चाँदीका गहना, १२ लाख ९१ हजार ९० नेपाली रुपैयाँ तथा १ हजार २ सय ७० भारतीय रुपैयाँ, चाँदी तौल गर्ने मेसीन १थान, ईलेक्ट्रीक साईलक १ थान, आईप्याड १ थान र मोवाईल सेट १ थान समेत बरामद गरेको छ ।

नियन्त्रणमा लिईएका उनलाई बरामद चाँदी, नगद र  अन्य सामानसहित आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ । 

प्रतिक्रिया दिनुहोस्