Logo
Logo

शीतलनिवास राष्ट्रपति, प्रधानमन्त्री र जेनजीबीच वार्ता जारी


1.4k
Shares

The current image has no alternative text. The file name is: genz-3.gif

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र जेनजीबीच आज वार्ता सुरु भएको छ । गत सोमबारको लागि तय भएको वार्ता राष्ट्रपति पौडेल बिरामी भएपछि स्थगित भएको थियो ।

 आज साढे ५ बजेपछि लागि वार्ता चलिरहेको हो । वार्तामा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी छिन् । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक लगत्तै कार्की ज्यानजीहरूसँगको वार्ताका लागि शीतलनिवास पुगेकी हुन् ।

त्यस्तै, बैठकमा सरकारका मन्त्रीहरू पनि सहभागी छन् । जेनजीका तर्फबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्