Logo
Logo

ठुलो धनजनको क्षति हुँदा पनि ओलीमा पश्‍चाताप देखिएन : प्रचण्ड 


693
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन-जी युवाहरूको आन्दोलन शान्तिपूर्ण रहेको तर तत्कालीन सरकारको असंवेदनशीलता र अपर्याप्त सुरक्षा तयारीले हिंसात्मक बनेको बताए ।

The current image has no alternative text. The file name is: prachand.jpg

बिहीबार चितवनमा कार्यकर्ता भेटघाटमा उनले भने, ‘युवाहरूको शान्तिपूर्ण आन्दोलनलाई सरकारले गम्भीरतापूर्वक लिएन, जसले गर्दा गोली चल्दा क्याम्पस ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा निशाना बनाइयो, यो अन्तर्राष्ट्रिय रूपमा लज्जास्पद भयो।’

प्रचण्डले भदौ २३ मा आकस्मिक बैठक बसी मृतकलाई सहिद घोषणा, छानबिन गठन र प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको स्मरण गरे । उनले प्रतिपक्षी दलहरूसँग समन्वय गरी शान्तिपूर्ण समाधानको पहल गरेको बताए । भदौ २४ मा सिंहदरबारमा सुरक्षा जोखिम बढेपछि सेनाको सहयोगमा सुरक्षित स्थानमा गएको उनले प्रस्ट्याए । 

उनले वर्तमान राजनीतिक अवस्थामा निर्वाचनबाहेक विकल्प नरहेको र सबै दलहरू निर्वाचनप्रति सहमत भएको उल्लेख गरे । पूर्वप्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै उनले गल्तीको आत्मसमीक्षा नभएको बताए । प्रचण्डले समाजवादी मोर्चाभित्रको पार्टी एकता चाँडै घोषणा हुने र दीर्घकालमा सबै वाम शक्तिलाई एकताबद्ध गर्ने लक्ष्य रहेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्