Logo
Logo

राष्ट्रपतिसँग जेनजी प्रतिनिधिको वार्ता सकियो


3k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र जेनजीबीच भएको वार्ता सकिएको छ । गत सोमबारको लागि तय भएको वार्ता राष्ट्रपति पौडेल बिरामी भएपछि स्थगित भएको थियो ।

The current image has no alternative text. The file name is: genz-3.gif

आज साढे ५ बजेदेखि चलेको वार्ता केहीबेर अघि सकिएको हो । वार्तामा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी थिइन् । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक लगत्तै कार्की जेनजीहरूसँगको वार्ताका लागि शीतलनिवास पुगेकी हुन् । त्यस्तै, बैठकमा सरकारका मन्त्रीहरू पनि सहभागी हुन पुगेका थिए ।

जेनजीका तर्फबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी थिए । छलफलका विषय सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्